काठमाडौ,१ असार । प्रहरीले अश्लील भिडियो बनाएर युवतीलाई धम्की दिएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संखुवासभा स्थित भोजपुरको षडानन्द नगरपालिका–१ निवासी २९ वर्षीय सुजन भुजेल र २२ वर्षीय विपल राई रहेका छन्। संखुवासभाकी एक युवतीको उजुरीको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले जानकारी दिए।
उनीहरूले युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएका थिए र आफूहरूको भनाइ नमानेमा ती सामग्री सार्वजनिक गर्ने धम्की दिएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दोष लाग्ने प्रमाण भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस