दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ल्याउन लागेको छ । अन्तिम समयमा आएर लुम्बिनीमा बजेट अस्त्त ब्यस्त देखिएको छ ।
मुख्यमन्त्री र अर्थ मन्त्रीले अन्तिममा आर्थिक नीति बलियो बनाउन नसक्दा बजेट अस्तब्यस्त देखिएको हो । वार्षिक बजेटमा योजना थप्ने चलखेल अहिले पनि भएको छ ।
दिँउसो ३ वजे बस्ने प्रदेश सभा बैठकमा वार्षिक बजेट ल्याउने तयारी भएकोमा केही समय अघि आएर बजेट प्रस्तुत हुने समय सारेर ५ बजे पुराइएको छ । बजेट प्रस्तुत हुने अन्तीम समयमा मन्त्री तथा प्रदेश सभा सदस्यहरुले योजनाहरु थप्न दवाब दिएपछि समय सारिएको मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । ऋणात्मक बजेट नल्याउने र टुक्रे योजना समाबेस नगर्ने प्रतिवद्धताबाट मुख्यमन्त्री पछि हटेका छन् ।
मन्त्री तथा प्रदेशसभा सदस्यहरुको दवाब पछि सरकारले ल्याउन लागेको बजेटको आकार पनि बढ्ने भएको छ । चालु आर्थिक वर्षका लागि ३८ अर्व ९७ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३२ अर्वको हाराहारीमा बजेट ल्याउने बताइएको थियो । तर अहिले ४२ अर्व ल्याउन लागिएको छ । श्रोत विना नै प्रदेश सरकारले बजेटको आकार चालु आर्थिक वर्षको भन्दा धेरै बजेट ल्याउन लागिएको छ । यसले प्रदेश सरकार अझै अफ्ठारोमा पर्ने जानकारहरु बताउँछन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस