after_navbar

सुतिरहेका श्रीमानको हत्या


असार ०१, २०८२


अर्घाखाँची, १ असार । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३ शिख्र गाउँमा घरायसी विवादका कारण एक महिलाले आफ्ना श्रीमानको हत्या गरेकी छन्। शनिबार राति सुतिरहेका श्रीमानलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

३८ वर्षीय रामु कुमाललाई उनकी २७ वर्षीया पत्नी मेखमाया कुमालले राति करिब साढे १२ बजे टाउको पछाडिबाट दाउ प्रहार गरी हत्या गरेकी हुन्। प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार, घटना हुनु अघि बेलुका दम्पतीबीच सामान्य घरायसी विवाद भएको थियो।

हत्या गरेपछि घरमै बसिरहेकी मेखमायालाई आइतबार बिहानै घरबाटै प्रहरीले पक्राउ गरेको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="