after_navbar

राप्रपाले बैठक बहिष्कार गर्दै भन्यो‘दादागिरी बन्द गर्नुस्’


असार ०१, २०८२


काठमाडौँ,१ असार । विरोधको वातावरणमा प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ।

सभामुख देवराज घिमिरेले विपक्षी दलको विरोधकै बीच बैठक सञ्चालन गरेपछि असन्तुष्टि जनाउँदै राप्रपाले बैठक बहिष्कार गर्ने निर्णय लिएको हो। रास्वपाले वेल घेराउ गरे पनि राप्रपाका सांसदहरू उभिएर विरोध जनाएका थिए। तर, सभामुख घिमिरेले बैठक निरन्तर अघि बढाएका थिए।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बैठक बहिष्कारको घोषणा गर्दै विरोधकै बीच बैठक सञ्चालन गर्नु संसदीय मर्यादाविपरीत भएको बताए।

उनले भने, “संसद्‍मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुँदैन भन्ने मलाई लाग्छ। जनताले जिताएका जनप्रतिनिधिहरूको आवाज दबाएर बैठक चलाउनु दादागिरी हो। दादागिरी बन्द गर्नुस्।”

शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै सबै दललाई एकजुट हुन आग्रहसमेत गरे। राप्रपाले संसद्‌मा अवरोध भएका बेला कारबाहीको प्रक्रिया नबढाउनुपर्ने अडान लिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="