after_navbar

कारागारभित्रै एक कैदिको शंकास्पद मृत्यु


असार ०४, २०८२


कैलाली ,४ असार। कैलालीस्थित जिल्ला कारागारभित्र शंकास्पद रुपमा एक व्यवसायीको मृत्यु भएको छ ।

बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा राखिएको उनको शवमा नीलडाम र चोटपटक भेटिएको छ। पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

पालीलाई केही दिनअघि डडेल्धुराबाट पक्राउ गरी कैलाली कारागारमा चलान गरिएको थियो। असार २ गते राति एक्कासि बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए। आफन्तले उनको मृत्यु सामान्य नभएर पूर्व नियोजित भएको भन्दै आरोप लगाएका छन् ।

प्रहरीले भने बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताएको छ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="