after_navbar

विमानस्थलबाट १ किलो बढी सुनसहित एक भारतीय महिला पक्राउ


असार ०४, २०८२


काठमाडौं,४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय महिला १ किलोभन्दा बढी अवैध सुनसहित पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ। उनी मंगलबार राति शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आएकी थिइन्।

विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेलमा संका लागेर जाँच गरिएको थियो। जाँचका क्रममा प्लास्टिकले र्‍याप गरिएको अर्धठोस अवस्थामा रहेको १ किलो १५९ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ।

सुन तीन वटा डल्लाको रूपमा ल्याइएको थियो। उनलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="