after_navbar

वडाध्यक्षमाथि कार्यकक्षमै आक्रमण


असार ०४, २०८२


हेटौँडा, ४ असार । हेटौडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष माथि कार्यकक्षमै सांघातिक आक्रमण भएको छ। वडा नम्बर १ का वडा अध्यक्ष सबिन न्यौपाने माथि कार्यकक्षमै आक्रमण भएको हो।

बुधबार दिउँसो करिब ३ बजेतिर कालो पोशाकमा मोटरसाइकल चढेर आएका चारजनाको समूहले वडाध्यक्ष न्यौपानेलाई कार्यालयमै प्रवेश गरी कुटपिट गरेका हुन्। आक्रमणपछि उनी घाइते भएका छन् भने थप उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट हमलाकारी फरार भएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार उपमहानगरपालिकाको सार्वजनिक जग्गा संरक्षण सम्बन्धी निर्णय र सूचना सार्वजनिक भएपछि असन्तुष्ट समूहले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="