after_navbar

संसद्‌मा बजेट पुस्तक च्यातियो


असार ०५, २०८२


काठमाडौं,५ असार । प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तक च्यातिएको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको बैठकमै बजेट पुस्तक च्यातेका छन्।

बिहीबारको संसद् बैठकमा बोल्ने क्रममा थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेख मात्र होइन, देशभरिका धेरै क्षेत्रका जनतालाई बेवास्ता गरेको आरोप लगाए।

उनले भने, “बजेट उल्टो बाटोमा हिँडिरहेको छ। जनताको करबाट उठेको राजस्व जनताको जीवनस्तर सुधारमा खर्च हुनुपर्ने हो, तर यो बजेट त्यस विपरीत छ।”

थापाले बजेट पुस्तक च्यात्नु अघि सभामुखसमक्ष अनुमति माग्दै जनताको पक्षमा आफू उभिएको स्पष्ट पारे।

“बजेट किताबले जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्न सकेको छैन, त्यसैले मलाई यो किताब मन परेन। च्यात्ने अनुमति लिएर च्यातेँ, धन्यवाद,” उनले भने।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="