after_navbar

आज प्रधानमन्त्रीसंग प्रश्नोत्तर


असार ०६, २०८२


काठमाडौं,६ असार । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदसँग प्रश्नोत्तर हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाँदै छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णयसमेत गरेको छ । सोहि विषयलाई समेत संसदमा जानकारी गराउने सम्भावना रहेछ।

त्यसपश्चात विनियोजन विद्येयकका विभिन्न मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहनेछ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="