दाङ,६ असार। करेन्ट लागेर दाङमा दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१० स्थित बनगाउँमा विद्युतीय तारले छुँदा दुईजना गम्भीर घाइते भएका हुन् ।
शुक्रबार बिहान करिब साढे ५ बजे रा १ प ७७७० नम्बरको मोटरसाइकल र तुलसीपुर बजारतर्फ जाँदै गरेको एक साइकल अचानक चुडिएको विद्युतीय तार जमिनमा लत्रिएको अवस्थामा दुबै सवारीसाधन त्यसमा छोइँदा दुर्घटना भएको हो।
दुर्घटनामा तुलसीपुर–११ बेलगनार निवासी ४८ वर्षीय मोटरसाइकल चालक देसुराम चौधरी र ऐरावती गाउँपालिका–१० बनगाउँ निवासी ५२ वर्षीय साइकल यात्री चक्रपाणि अधिकारी घाइते भएका छन्।
चौधरीको हात, खुट्टा र छातीमा चोट लागेको छ भने अधिकारीका दुवै खुट्टामा चोट लागेको बताइएको छ।
दुर्घटनापछि विद्युत् प्राविधिक टोली घटनास्थलमा पुगेको छ भने प्रहरी चौकी उरहरीबाट प्रहरी नायब निरीक्षक एक बहादुर खड्काको कमान्डमा दुई जना प्रहरीको टोली परिचालन गरिएको थियो।
हाल मोटरसाइकल र साइकल दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन्।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घाइते दुबैजनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस