कैलाली,६ असार । कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक १९ वर्षीया सुत्केरी महिला मृत फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार स्थानीय तुलसी नाथको घर नजिकै ती महिला मृत अवस्थामा फेला परेकी हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार नाथ परिवारको घरको मूलद्वारअगाडि रहेको नालामा ती महिला मृत भेटिएकी हुन्।
उनले १६ दिनअघि मात्र एक छोरा जन्माएकी थिइन्। नवजात शिशु भने जीवित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सुत्केरी महिलाको मृत्युको कारण खुल्न बाँकी रहेकाले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस