after_navbar

चोर खोलामा पहिरो: राप्ती राजमार्ग अवरुद्ध


असार ०६, २०८२


सल्यान, ६असार । सल्यान र दाङ जिल्लाको सिमाना चोर खोलामा गएको पहिरोका कारण राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा बिहीबार राति ९:५५ बजे पहिरो खसेपछि कपुरकोट–दाङ सडकखण्ड अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अविरल वर्षाका कारण पहिरो झरेको हो। शुक्रबार बिहान ६ बजेदेखि सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षाका कारण उद्धार तथा सफाइ कार्यमा कठिनाइ भएको छ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले भने, “यदि वर्षा रोकियो भने दुई–तीन घण्टामा सडक खुलाउन सकिन्छ भन्ने अनुमान छ।” उनका अनुसार सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरेर पहिरो हटाउने कार्य भइरहेको छ।

वर्षौँदेखि राप्ती राजमार्गको सल्यान–दाङ खण्डमा पहिरोको समस्या दोहोरिँदै आएको छ। प्रत्येक वर्ष मनसुनको समयमा यस क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने समस्या देखिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="