काठमाडौँ, ६ असार । नेपालभर मनसुन प्रणाली फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (असार ६ गते) एक बुलेटिन जारी गर्दै देशका सबै भागमा मनसुन सक्रिय भएको जानकारी दिएको हो।
महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली असार ६ गते (२०२५ जुन २०) का दिन मुलुकभर फैलिएको हो। नेपालमा मनसुन सामान्यतः जुन १३ तारिखतिर प्रवेश गर्ने गरे पनि यसपटक औसत मितिभन्दा १५ दिन छिटो जेठ १५ गते (मे २९) नै कोसी प्रदेश हुँदै प्रवेश गरेको थियो।
प्रवेश गरेको १४ दिनपछि मनसुन जेठ २९ गते मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा विस्तार भएको थियो। तर बाँकी भूभागमा विस्तार हुन अझै ९ दिन लागेको थियो।
यसपटक मनसुन नेपाल प्रवेश गरेदेखि मुलुकभर फैलिन २३ दिन लागेको छ। मौसमविद्का अनुसार आगामी दिनमा देशभर मनसुन सक्रिय हुने भएकाले वर्षा सम्भावनासहितको सतर्कता आवश्यक हुने बताएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस