चितवन,७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३(००१ज २९९ नम्बरको माइक्रो आपसमा ठोकिएका हुन्।
दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेलाई चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पताल लगिएको छ।
घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस