after_navbar

संसार देखाउन जाँदै थिइन् रेनुका, आफैँ अस्ताइन्…


असार ०७, २०८२


काठमाडौँ,७ असार । उनी जीवनको एउटा अनमोल पल नजिकिएकी थिइन् , आमा बन्ने। दोस्रो सन्तान जन्माउने आँट, उमंग र सपना बोकेर, रेनुका कँडेल आइतबार बिहान सासू र श्रीमान्सहित चितवनको भरतपुरतर्फ हिंडिन्। उनी हेटौँडाकी २७ वर्षीया गर्भवती महिला थिइन्। चिकित्सकले बच्चा जन्माउने मिति यही दिन दिएका थिए।

उनको पहिलो सन्तान एक छोरी ।जो हेटौँडामा ससुरासँगै रहिन्। रेनुका भने सासू मैयाकुमारी र श्रीमान् सरोज पहाडीको साथ माइक्रोबस चढेर भरतपुरतिर लागिन्, जीवन दिनका लागि।

तर नियति यति क्रुर थियो कि जुन अस्पताल पुगेर सासूले नाति हेर्ने सपना देखेकी थिइन्, जुन शिशुलाई हातमा लिने रहर लिएर श्रीमान् सँगै माइक्रो चढेकी थिइन् । त्यो सबै बाटोमै चकनाचुर भयो।

भण्डारामा पुगेर, अस्पताल पुग्न अझै झण्डै २० किलोमिटर बाँकी छँदै, विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दियो । एकैछिनमा रेनुका, उनको गर्भको शिशु, सासू र श्रीमान् संगै उनका सपना, जीवन एकैपटक अन्त्य भए।

शनिबार बिहान सवा १० बजे धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको बस प्र.१–००१ ख ३५८३ र विपरीत दिशाबाट आउँदै गरेको माइक्रोबस प्र.३–००१ ज २९९ ठोक्किँदा भएको त्यो हृदयविदारक दुर्घटनामा ७ जनाको ज्यान गयो, २४ जना घाइते भएका छन् ।

तस्वीर:साभार

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="