एजेन्सी । यात्रु बोकेर उडिरहेको बेलुन फुट्दा आठ जनाको मृत्यु भएको छ। ब्राजिलको दक्षिणी राज्य सान्ता क्याटरिनामा शनिबार २१ यात्रु बोकेको हट एयर बेलुन दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको हो ।
राज्यको अग्नि नियन्त्रण विभागका अनुसार बिहान सबेरै उडानका क्रममा पर्यटन बेलुनमा आगो लाग्दा प्रेया ग्रान्डे सहरमा खसेको हो।
अग्नि नियन्त्रण विभागका अनुसार बाँचेका १३ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस