रुकुम पश्चिम,९ असार । रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका–१० बरनेटी निवासी ४८ बर्षीया गणेशा ओलीको चट्याङ लागेर मृत्यु भएको हो।
आइतबार अपरान्ह साढे ४ बजेको समयमा विद्युत मिटरमा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
चट्याङका कारण मिटरमासमेत क्षेती पुगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस