after_navbar

जसपा नेपालले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्ने


असार ०, २०८२


काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको छ। असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन तथा आर्थिक सुधारमा पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने सम्भावनाको संकेत गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता मनीष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरि निर्णय गर्न जसपा नेपाल सङ्घीय संसदीय दललाई निर्देश गर्दछ।’

त्यस्तै, जसपाले हालै विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका केही नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। मनोनयन हुनेहरूमा शशी कपुर मियाँ (पर्सा), करिमा बेगम (पर्सा), सुधीरनाथ पाण्डे (पर्सा), कैलाश गुरुङ (रूपन्देही) र नीलम यादव (रूपन्देही) रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="