after_navbar

विवाहको ६ महिनामै कलाकार अभिनासकि श्रीमती मृत भेटिइन्


असार १०, २०८२


जनकपुर, १० असार

जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती अँसा सदा सोमबार राति आफ्नै कोठामा मृत भेटिएकी छन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० नोचापुरस्थित घरमा अँसा सदा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार मृतक सदा कलाकार झाको सुटिङ सेट नजिकै रहेको कोठामा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। घटनाको खबर प्राप्त भएपछि प्रहरीले तत्कालै टोली परिचालन गरी सूक्ष्म अनुसन्धान प्रारम्भ गरेको छ। अनुसन्धानका क्रममा सेटमा रहेका सबै उपकरणहरू प्रहरीको नियन्त्रणमा लिइएको छ।

हालसम्म मृत्युको कारण यकिन नभएको भन्दै पोष्टमार्टम रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने प्रहरीको भनाइ छ। यद्यपि, घटनालाई शंकास्पद रुपमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

कलाकार झा र अँसा सदाले केही महिना अघि मात्रै विधिपूर्वक गृह प्रवेश गरेका थिए। उनीहरूले केही समयअघि अन्तरजातीय विवाह गरेका थिए।

श्रीमतीको आकस्मिक र रहस्यमय मृत्युले जनकपुरको कलाक्षेत्रमा समेत स्तब्धता छाएको छ। प्रहरीले घटनाको सम्पूर्ण पाटो उजागर गर्न अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="