बर्दघाट,१२ असार । सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ। नवलपरासीको ९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको हो ।
स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो ।
अस्पताल लगिएकी उनको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस