after_navbar

दाइले गरे ३२ वर्षीय भाइको हत्या


असार १३, २०८२


दाङ, १३ असार। अर्घाखाँचीमा दाइले भाइको हत्या गरेका छन् । मदिरा सेवनका क्रममा विवाद भएपछि दाइले भाइको हत्या गरेका हुन् ।

जिल्लाको शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय विष्णुबहादुर बादीले आफ्ना ३२ वर्षीय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुई जना दाजुभाइले एकैसाथ मदिरा सेवन गरिरहेका बेला विवाद चर्किएपछि विष्णुबहादुरले भाइ बमबहादुरको टाउकोमा बन्चरोले प्रहार गरेका थिए।

गम्भीर घाइते भएका बमबहादुरलाई स्थानीयवासीले तत्कालै उपचारका लागि अस्पताल पुर्‍याएका थिए। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्या गरी फरार रहेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="