दाङ,१३ असार । दाङको तुलसीपुरमा वन पैदावारमा आधारित साना उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । वन पैदावार मार्फत स्थानीय स्तरमै आर्थिक सशक्तिकरण गर्नका लागि उक्त दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय उद्यमी, तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले काँस, थाकल, माटो लगायतका गैर काष्ठ वनपैदावारको उपयोगमार्फत ग्रामीण समुदायमा स्वरोजगार र आम्दानीको सम्भावना बढेको उल्लेख गरेका थिए।
कार्यक्रममा अनुभव बाँड्दै पावर्ती चौधरी, गोपाल कुमाल र नमा केसीले आफूले वन पैदावारको उपयोग गरेर स्थानीय स्तरमै उद्यम सञ्चालन गरेको र त्यसबाट नियमित आम्दानी गर्न सफल भएको जानकारी दिए।
पावर्ती चौधरीले काँसबाट ढकिया, पेन होल्डर जस्ता सामग्री बनाएर बेच्ने गरेकी छन् भने गोपाल कुमाल माटोका गमला, मूर्ति, पाला बनाउन सिकाउने र सामग्री बेच्ने काम पनि गर्दछन् ।
सहभागीहरुको घरवरपर भएका वन पैदावारलाई आम्दानीको श्रोत बनाएको बताएका थिए ।
कार्यक्रमका प्रशिक्षक समेत रहेका तुलसीपुरका पूर्व नगरप्रमुख तथा सामुदायिक वन महासंघका पूर्व अध्यक्ष घनश्याम पाण्डेले सामुदायिक वनलाई केवल स्रोतको रूपमा नभई आर्थिक विकासको इन्जिन को रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
लुम्बिनी प्रदेश सामुदायिक वन महासंघका महासचिव शोभाकर सापकोटाले वन अधिकारको प्रयोग र कृषि वन उद्यमबीचको सम्बन्धलाई अझ मजबुत बनाउन स्थानीय साना उद्यमहरू स्थापना गर्नुपर्ने बताए।
ग्रीन फाउन्डेसन दाङका अध्यक्ष विष्णु बहादुर केसीले वनले वातावरणीय सन्तुलन मात्र नभई ग्रामीण रोजगारी सिर्जना र सशक्तिकरणमा पनि टेवा पु¥याउने धारणा व्यक्त गरे।
कार्यक्रमको सहजीकरण वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाका प्रमुख रमा खड्काले गरेकी थिइन् भने समापन सत्रको अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाकी वन वातावरण तथा विपद् शाखाकी सदस्य यमुना परियारले गरेकी थिइन्।
समापनमा सहभागीहरूले वन पैदावारमा आधारित साना उद्यमलाई प्रवद्र्धन गर्न तालिम, लगानी, बजार पहुँच र नीति समन्वय आवश्यक रहेको सुझाव दिएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस