after_navbar

जसपा नेपालले लियाे लुम्बिनी सरकारलाई दिएकाे समर्थ फिर्ता


असार १३, २०८२



दाङ,१३ असार । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार, जसपाले प्रदेश स्तरबाट पनि समर्थन फिर्ता लिन थालेको हो ।

सोही निर्णयअनुसार लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपाले जनाएको छ । याे पार्टीबाट लुम्बिनी प्रदेश सभामा एक जना मात्रै प्रदेश सभा सदस्यकाे प्रतिनिधित्व छ ।

प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको पत्र प्रदेश सरकार र प्रदेश सभामा पेश गरेकी छिन । पार्टी विभाजन हुदा काफ्ले जनता समाजवादी पार्टी तर्फ लागिन भने अन्य दुई जना सांसद जनता समाजवादी पार्टीतिर उभिएका थिए ।

काफ्ले समानुपातिक सांसद हुन । एमालेका २९ र कांग्रेसका २७ गरि ५६ जना सांसदकाे समर्थनमा लुम्बिनीमा चेतनारायण आचार्यकाे नेतृत्वमा सरकार गठन भएको थियाे ।

जसपा नेपाल सहित केही साना राजनीति दलले सरकारलाई विश्वासकाे मत दिएका थिए । जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपनि कुनै असर नपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="