after_navbar

कार्यबाहक प्रधानमन्त्रीको जिम्मा प्रकाशमानलाई


असार १४, २०८२


काठमाडौं,१४ असार । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई तोकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणमा निस्किएपछि मन्त्री सिंहलाई कार्यबाहकको जिम्मेवारी तोकिएको हो।

प्रधानमन्त्री ओली शनिबार बेलुकी स्पेन प्रस्थान गरेका हुन्। उनी स्वदेश फर्किनु अघि सिंहले देशको दैनिक प्रशासनिक कामकाज सम्हाल्ने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीसहितको टोली असार २० गते फर्किने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="