काठमाडौँ,१५ असार । आज निजामती सेवा विधयेक पारित गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने कार्यसूची रहेको छ । संघीयता कार्यान्वयनमा देखिएको प्रशासनिक जटिलता समाधान गर्न विधेयक महत्वपूर्ण मानिएको छ ।
यसअघि असार ३ गते पारित गर्ने भनिएको विधेयक अन्तिम समयमा आएर रोकिएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गर्न प्रस्ताव पेश गर्नुहुनेछ । त्यसपछि सांसदहरूले धारणा राख्नेछन् र विधेयक पारित गरिनेछ ।
प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाबाट पुनः पारित भएर फर्किएपछि सभामुखबाट प्रमाणित भएर राष्ट्रपतिको प्रमाणीकरणपछि विधेयक कार्यान्वयनमा आउनेछ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस