after_navbar

पहिरोमा परी नौ मजदूर बेपत्ता


असार १५, २०८२


काठमाडौँ,१५ असार । पहिरोमा परी भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा नौजना मजदूर बेपत्ता भएका छन । यमुनोत्री राष्ट्रिय राजमार्गमा पर्ने सिलाई बैंड नजिकै खसेको पहिरोले त्यहाँ रहेको एक श्रमिक शिविर पहिरोको चपेटामा परेको बीबीसीले नाएको छ ।

प्रहरीका अनुसार, शिविरमा १९ जना मजदूर थए । तीमध्ये १० जनालाई सकुशल उद्धार गरिएको छ भने नौ जना अझै बेपत्ता छन् । घटनास्थलमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, एनएच बडकोट र स्वास्थ्य विभागका टोलीहरू खटिइरहेका छन् र उद्धार तथा राहतको काम चलिरहेको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत लगातार अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन्। ठूलो पानी परेको र पहिरोको जोखिमलाई ध्यान दिँदै सतर्कता बढाइएको छ भने स्थानीय प्रशासनलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="