after_navbar

बालिकामाथि करणीको आरोपमा तुलसीपुर-१४ का चन्द्र पक्राउ


असार १५, २०८२


दाङ, १५ असार। दाङको तुलसीपुरमा बालिकामाथि करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले तुलसीपुर उपमहानगरपालिका –१४ का ३८ वर्षीय चन्द्र मगरलाई १५ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ गरेको हो।

असार १३ गते बिहान पौने १० बजेतिर चन्द्र मगरले बालिकालाई ललाईफकाई धाकधम्की दिई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

पीडित बालिकाकी काकिले सो घटनाबारे सोही दिन साँझ ४ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित जाहेरी दिएकी थिइन्।

जाहेरीको आधारमा प्रहरी टोलीले खोजतलासी गरी सोही दिन बेलुका चन्द्र मगरलाई उनको घरबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

हाल उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="