after_navbar

तुलसीपुर नगर जेसीजलाई स्वर्ण श्रेणी प्राप्त


असार १६, २०८२


दाङ, १६ असार । तुलसीपुर नगर जेसीजले जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार प्राप्त गरेको छ।

जनवरीदेखि जुन महिनासम्मको मूल्याङ्कन आधारमा तुलसीपुर नगर जेसीजले उत्कृष्ट प्रदर्शन गर्दै जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार स्वरूप स्वर्ण श्रेणी प्राप्त गरेको हो ।

जेसीज नेपाल अन्तर्गत एरिया ‘D’ का ५८ वटा शाखामध्ये तुलसीपुर नगर जेसीजले १०५ अंक प्राप्त गर्दै स्वर्ण श्रेणीमा स्थान सुरक्षित गरेको हो।

यो पुरस्कारले स्थानीय संस्थाहरू (LOM) द्वारा गरिएको प्रभावकारी पहल, सक्रिय सहभागिता र जेसीजको मिशन प्रतिबद्धतालाई सम्मान गर्ने तुलसीपुर नगर जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दीप भुसालले बताए।

मूल्याङ्कनका प्रमुख मापदण्डहरूमा जेसीज फ्रेमवर्क कार्यक्रमहरूको कार्यान्वयन, प्रभावकारी परियोजनाहरूको सफल संचालन, कार्यक्रमहरूमा भौतिक उपस्थिति, भर्चुअल संलग्नता, नियमित रिपोर्टिङ, NJC प्रसारित कार्यक्रमहरूमा सहभागिता र LOM कार्य योजनाको कार्यान्वयन समावेश भएको अध्यक्ष भुषालले जानकारी दिए।

स्वर्ण श्रेणीका लागि न्यूनतम ८१ अंक अनिवार्य रहेकोमा तुलसीपुर नगर जेसीजले सर्वाधिक १०५ अंक प्राप्त गरी स्वर्ण पुरस्कार प्राप्त गरेको हो।

थसमुदायमा दिगो परिवर्तनको अभियानलाई अघि बढाएको भन्दै नेपाल जेसीजले प्रशंसा समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="