after_navbar

लुम्बिनीको एसईई नतिजा सुधार


असार १६, २०८२


दाङ,१६ असार । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परिक्षा(एसईई)को बार्षिक नतिजा सुधार भएको छ ।

परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तिर्ण भएका छन् ।

जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जिपिए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जिपिए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जिपिए, १० हजार ४२ जनाले २.४ देखि २.८ जिपिए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जिपिए र २ जनाले १.६ देखि २ जिपिएसम्म ग्रेड ल्याएका छन् ।

२०८० को एसईई परिक्षामा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २२४ विद्यार्थी अनुत्तिर्ण भएका थिए ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा अवर्गीकृत भएका विद्यार्थीलाई आगामी प्रयासमा सफलताको शुभकामना व्यक्त गरेका छन ।


उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले बधाई दिँदै शिक्षालाई प्रदेश सरकारको प्राथमिक एजेन्डामा राखिएको जानकारी दिएका छन् ।

साथै, परीक्षा व्यवस्थापनमा सक्रिय भूमिका निभाउने शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा समिति, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत सबैलाई उनले आभार व्यक्त गरेका छन् ।


शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको भनाई उनकाे छ ।

’विद्यार्थीको सफलताले प्रदेशको भविष्य उज्ज्वल बनाउने छ’ मन्त्री तिमिल्सिनाले भने,’हामी अझ प्रभावकारी ढंगले शिक्षाको गुणस्तर सुधारमा लाग्नेछौं ।’

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="