after_navbar

रुकुमपूर्वमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु


असार १७, २०८२


दाङ,१७ असार । रुकुमपूर्वमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय दलप्रसाद सुनार रहेका छन्।

ad

जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार सोमबार साँझ साढे ६ बजेतिर रा ३ प ४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई झन्डै डेढ सय मिटर तल खसेको थियो।

सदरमुकाम रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गर्दा साँघुरो र चिप्लो गोरेटो बाटोमा मोटरसाइकल चिप्लिएर पल्टिएको प्रहरीको भनाइ छ।

चालक सुनार मोटरसाइकलसहित तल खसेका थिए भने पछाडि सवार स्थानीय भुवन केसीले हाम फालेर ज्यान जोगाएका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="