दाङ, १७ असार । केही दिनदेखि आन्दोलनरत सुनचाँदी व्यवसायीहरूको आन्दोलनमा तुलसीपुरमा रहेका व्यवसायिक संगठनहरुले ऐक्यबद्धता जारी गरेका छन् ।
तुलसीपुर चेम्बर अफ कमर्सले आन्दोलनरत सुनचाँदी व्यावसायि संग अन्तरक्रिया गरेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो। बिगत पाँच दिन देखि सुनचाँदी ब्यबसायिहरु आन्दोलित रहेका छ्न ।
मंगलबार आयोजित अन्तर्क्रिया तथा छलफलमा बोल्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन ।
भण्डारीले ब्यबसायिहरुलाई राज्यले करको बहानामा कस्न नहुने बताए । उन्ले प्रोत्साहन गर्ने बेला निरुत्साहित गरेको प्रति टिप्पणी गरे ।
सुनचाँदी व्यवसायी समिति तुलसीपुरका कोषाध्यक्ष लोकेन्द्र ओलीले व्यावसायिक संघसंस्थाहरूबाट सुनचाँदी व्यवसायहरूको आन्दोलनप्रति पूर्ण रुपमा ऐक्यबद्धता आउने क्रम जारी रहेको बताए।
उनले राज्यले लिएको नीति नफेरिदासम्म व्यवसायीहरु आन्दोलन निरन्तर रहने बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस