after_navbar

घोराही-तुलसीपुर फोरलेन सडकको लागि २ अर्ब ५२ करोडको ठेक्का स्वीकृत


असार १७, २०८२


दाङ,१७ असार । घोराही–तुलसीपुर सडक खण्डलाई फोर लेनमा विस्तार गर्न करिब २ अर्ब ५२ करोड रुपैयाँको ठेक्का स्वीकृत गरिएको भएको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले काठमाडौँको बानेश्वरस्थित दिवा/बन्दन भगवती जेभी लाई ठेक्का स्वीकृति दिएको हो।

निर्देशनालयले असार १६ गते पत्र जारी गरी घोराही–तुलसीपुर राष्ट्रिय राजमार्ग १९ को २१.५८ किलोमिटर खण्डलाई स्तरोन्नति तथा विस्तार गर्ने कामका लागि कुल २ अर्ब ५२ करोड ३७ लाख २ हजार ६ सय ६१ रूपैयाँ ६४ पैसा प्योर र भ्याटसहित) बराबरको ठेक्का स्वीकृत गरेको जनाएको छ।

निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्न १५ दिनको समय दिँदै सो अवधिमा तोकिएको जमानत बुझाउन निर्देशन दिइएको छ। यसका लागि १ अर्ब १३ करोड रुपैयाँ ४९ महिनाका लागि र १ अर्ब ५ करोड रुपैयाँ ३७ महिनाका लागि जमानत पेश गर्नुपर्नेछ।

तोकेको म्यादभित्र सम्झौता नगरे वा जमानत नबुझाए ठेक्का रद्द हुने र बोलपत्र जफत हुने चेतावनी पनि दिइएको छ।

निर्देशनालयका अनुसार सार्वजनिक निकायका अन्य ठेक्काका कारण निर्माण व्यवसायीको कुल ठेक्का संख्या ५ ननाघेको स्वघोषणा पनि अनिवार्य रहनेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="