after_navbar

सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानमा सानिमा बैंकको सहयोग


असार २१, २०८२


दाङ । सानिमा बैंक तुलसीपुर शाखाले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबिच सानिमा बैंक तुलसीपुरका शाखा प्रमुख प्रनिल भुसालले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीलाई ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रमुख भुसालले तुलसीपुरलाई प्रविधिमैत्री बनाउने अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रममा अध्यक्ष केसीले तुलसीपुर उवा संघका दुई अभियानमध्ये ‘ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर’ सफलतापूर्वक सम्पन्न भई स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए। अहिले सञ्चालनमा रहेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियान अन्तर्गत तुलसीपुरका मुख्य बजार क्षेत्रमा सीसी टिभी क्यामरा जडानको काम अगाडि बढाइएको उनले बताए।

उनका अनुसार, आगामी साउन महिनाको अन्तिमसम्ममा नगरका मुख्य बजार क्षेत्रमा ३४ वटा सीसी टिभी क्यामरा जडान गर्ने लक्ष्य लिइएको छ। यसका लागि तुलसीपुरमा रहेका २० वटा वित्तीय संस्थासँग सहकार्य भइरहेको छ।
यसैबिच, एनएमबी बैंक तुलसीपुर शाखाले पनि बिहीबार ३५ हजार रुपैयाँको चेक संघलाई हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव केशवराज केसीले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="