दाङ । नेशनल प्याब्सन दाङले एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
एन प्याब्सनको जिल्ला शाखा दाङले एन प्याब्सन अन्तर्गतका विद्यालयबाट शैक्षिक सत्र २०८१ को एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार ५ सय नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
एन प्याब्सनले छात्रातर्फ ४ जिपिए ल्याउने ६ जना छात्र र छात्रतर्फ ३ दशमलव ९६ जिपिए ल्याउने २ जना गरी ८ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा राप्ती गाउँपालिकाको पब्लिक एजुकेशन एकेडेमीका आशिका शर्मा, अमृत एकेडेमी बिजौरीका अन्जली घर्ती, पिपुल्स ल्याण्ड सेकेन्डरी स्कुल हापुरेका रिता पौडेललाई नगदसहित सम्मान गरिएको हो ।
यस्तै बाल सहारा मावि बनहरीका हरिकला घर्तीमगर, साधना अधिकारी र शिखा विकलाई एन प्याब्सनले सम्मान गरेको हो । यस्तै छात्रतर्फ मिड वेष्ट प्वाइन्ट एकेडेमी शान्तिनगरका नरेश चौधरी र लोकप्रिय विद्या मन्दीर शान्तिनगर–५ का भुपेश खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको एन प्याब्सनले जनाएको छ ।
एन प्याब्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि डाँगीले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा शैक्षिक सफलताको शुभकामना दिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत चित्रा बस्नेत, ज्ञानज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसी, एन प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसी, राप्ती गाउँपालिका संयोजक चम्पकसिं कार्की र शरद गौतमले मन्तव्य राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव छविकुमार वलीले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस