body1
after_navbar

दाङमा बाघको छाला  सहित ३ जना पक्राउ


असार २२, २०८२


दाङ,  २२ असार । दाङमा बाघको छालासहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले दाङमा बाघको छाला सहित तीन जना पक्राउ परेको सार्वजनिक गरेको छ।
दाङको गढवा गाउँपालिका–६ खवरी गाउँबाट वन्यजन्तु बाघको छाला (ओखेटोपहार) सहित तीन जना व्यक्ति पक्राउ परेका हुन । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लमहीको टोलीले विशेष अपरेशन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ।

ad

सूचनाको आधारमा  प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा खटिएको टोलीले असार २२ गते बिहान २ बजे बिक्रम बुढामगरको घरमा छापा मार्दा शंकास्पद गतिविधि देखियेको र  सो क्रममा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाइ र ३ फिट २ इञ्च चौडाइ भएको पाटे बाघको छाला लुकाई राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
बरामद गरिएको बाघको छाला रातो रंगको प्लास्टिकको झोलामा हालेर घरको माथिल्लो तलामा लुकाइएको थियो।

ad

यस क्रममा बिक्रम बुढामगरसँगै संलग्न रहेका दुई अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा केशव राज सेन , बिक्रम बुढामगर, र अनिल थारु, रहेका छन ।  यि तीनै जनामाथि वन्यजन्तु संरक्षण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बाघजस्तो संरक्षित वन्यजन्तुको अंगको अवैध कारोबार नेपालको कानुन अनुसार गम्भीर अपराध मानिन्छ र दोषी ठहर भएमा कडा सजायको व्यवस्था छ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="