body1
after_navbar

भोजपुरमा चार जनाको सामूहिक हत्या


असार २२, २०८२


भोजपुर ,२२ असार ।  भोजपुरमा एक युवकले आफ्नै श्रीमतीसहित चार जनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका छन् । रामप्रसादराई गाउँपालिका –२, धोद्लेखानीमा  २७ वर्षीय राजेन्द्र राईले श्रीमतीसहित चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

ad

प्रहरीका अनुसार राजेन्द्रकी १६ वर्षीया पत्नी मनिषा गिरी, उनका ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या भएको हो। आरोपित राजेन्द्र आफैँ गम्भीर घाइते छन् ।

ad

राजेन्द्रको पेटमा गहिरो चोट लागेको र भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="