after_navbar

भोजपुर हत्या घटनाः शव धरान पठाइयो


असार २३, २०८२


काठमाडौं, २३ असार। भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार राति भएका सामूहिक हत्यामा मारिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ।

ad

३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका हुन्। घटनापछि घाइते भएका अभियुक्त राईको पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

हत्या पश्चात शव जिल्ला अस्पताल भोजपुरमा ल्याइएको थियो। तर, फरेन्सिक जाँचको सुविधा अभाव भएकाले आइतबार धरान पठाइएको हो।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षण र अन्य खर्चका लागि रामप्रसादराई गाउँपालिकाको सचिवालयले संकलन गरेको रु १ लाख १४ हजार ८७१ सहयोग रकम अध्यक्ष थामबहादुर राईले मृतकका आफन्तलाई हस्तान्तरण गरेका छन्।

अध्यक्ष राईले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="