काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । छिमेकी चीनतर्फ भएको अविरल वर्षाका कारण आएको आढीले दुई देश जोड्न्व पुन बगाएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको जानकारी दिए ।
बिहान ३ बजेतिर आएको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।
यस्तै भन्सारमा राखिएका गाडी पनि बगाएको र तर कति बगायो भन्ने तथ्याँक आउन बाँकी रहेको छ । अहिलेसम्म ११ जना हराएको मानवीय क्षतिको जानकारी नआएको, तर मानिस फसेको हुन सक्ने बताए ।
नदीमा पानीको बहाब अझै उच्च गएकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै त्रिशूली नदीमा पनि बाढीको जोखिम रहेकाले नदी किनारमा बस्नेलाई सावधानी अपनाउन भनिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस