body1
after_navbar

बाढीमा फसेकाहरूलाई उद्धार गर्न गएका ११ उद्धारकर्मी नै फसे


असार २४, २०८२


काठमाडौँ, २४ असार। चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ। बाढीका कारण टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी समेत बगेका छन्।

ad

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढी आएपछि भन्सार क्षेत्रमा रहेका व्यक्तिहरूलाई उद्धार गर्न गएको टोलीका ११ जना उद्धारकर्मी नै फसेका छन्।

ad

फसेकाहरूको उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरमार्फत सहयोग गर्न अनुरोध गरिएको उनले बताए। बाढीले कति क्षति पुर्‍याएको छ भन्ने विवरण संकलनको काम भइरहेको अधिकारीले जानकारी दिए।

ad ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="