काठमाडौँ, २४ असार । जुम्लाको गुठिचौर गाउँपालिका–५ ठुलोहाँका पाटनमा चट्याङ पर्दा एक जना गम्भीर घाइते भएका छन्।
सिंजा गाउँपालिका–५ का अन्दाजी ५० वर्षीय धन बहादुर रावत पाटनमा भेडा चराउँदै गर्दा चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविन बाबू रेग्मीले जानकारी दिए।
चट्याङले पाटनमा राखिएका झण्डै २ सय भेडा मरेको प्रारम्भिक अनुमान छ। गोविन्द बुढाका अनुसार सोही क्षेत्रमा ६ जना किसानका करिब ९ सय भेडा राखिएकोमा दुई सय भेडाको ज्यान गएको हो। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले पाटन क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धारका लागि हवाई सेवाको प्रयास भइरहेको बताएका छन्।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रीसँगको छलफलपछि मौसम अनुकूल भएमा हेलिकप्टरमार्फत उद्धार गरिने तयारी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस