काठमाडौँ,२४ असार । रसुवामा गएराति अबिरल वर्षापछि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ।
बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् भने ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
प्रहरीका अनुसार चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा एकाएक ठूलो बाढी आएको हो।
बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुललाई पूर्ण रूपमा क्षति पु¥राएको छ। पुल बगाइएकाले मानिस र सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीको भनाइ छ।
उद्धार र खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालित गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस