काठमाडौँ, २४ असार । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
आज सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले शपथ ग्रहण गरेका हुन् ।
न्याय परिषद्को सिफारिसका आधारमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेका थिए ।
शपथपछि तीनै न्यायाधीशले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
त्यस अवसरमा प्रधानन्यायाधीश राउतले न्याय परिषद्को अध्यक्षको हैसियतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई समेत पद तथा गोपनीयताको शपथ गराएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस