after_navbar

एक करोड ४४ लाख रकमसहित एक व्यक्ति पक्राउ


असार २४, २०८२


काठमाडौँ, असार २४ गते। स्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

ad

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपीलराज बोहराका अनुसार बौद्धस्थित एक घरमा डेरा गरी बस्दै आएका ४० वर्षीय चिनियाँ नागरिक वाङ जियाङलाई मंगलबार पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई डेराबाट पक्राउ गरी उनको साथबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="