body1
after_navbar

सामूहिक कुटपिटबाट २४ वर्षीय युवतीको मृत्यु


असार २५, २०८२


काठमाडौ,२५ असार । सामूहिक कुटपिटका कारण झापामा २४ वर्षीय एक युवतीको मृत्यु भएको छ। ।

ad

झापाको अर्जुनधारामा सामूहिक कुटपिटका कारण अर्जुनधारा नगरपालिका-४ भाङवारी स्थायी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक डेरागरि बस्दै आएकी गंगा राईको मृत्यु भएको हो।

ad

कुटपिटपछि घाइते भएकी राईको उपचारका क्रममा मृत्यु भएको हो।

ad

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका- ६ वैकुण्ठे स्थायी घर भई अर्जुनधारा- ८ बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले व्यक्तिगत रिसइवीका कारण राईमाथि आक्रमण गराएकी थिइन्।

ad

भुसालले स्थानीय महिलाहरू ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाई सामूहिक रूपमा कुटपिट गराएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटना संंकास्पद भएकोले अहिले यस घटनालई सुक्ष्म रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="