body1
after_navbar

ससुराको हत्या गरि फरार रहेका ज्वाइ पक्राउ


असार २५, २०८२



काठमाडौ,२५ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा ससुराको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्।

ad

जिल्ला प्रहरी कार्यालय धनुषाले ६५ वर्षीय वासुदेवप्रसाद साहको हत्या अभियोगमा उनका ५५ वर्षीय ज्वाइँ बेचन महासेठलाई पक्राउ गरेको हो।

ad

प्रहरीका अनुसार असार १८ गते साँझ साहकै घरमा घरायसी विवादका क्रममा महासेठले चक्कु प्रहार गरी हत्या गरेका थिए।

ad


घटना पछि फरार रहेका अभियुक्तलाई जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ad

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार मृतककी श्रीमती शैलदेवीले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको छ।

कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु र अभियुक्त चढेको प्रदेश ०२–००७प–९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ।

मृतकका परिवारका अनुसार बेचनले पटक–पटक पैसाको माग गर्दै आएका थिए।

पैसाकै विषयलाई लिएर विवाद हुँदै आएको र सोही विवाद अन्ततः हत्या सम्म पुगेको परिवारले जनाएको छ।

मृतक वासुदेवले यसअघि नै ज्वाइँबाट आफूलाई खतरा रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा माग गर्दै निवेदन दिएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="