after_navbar

होस्टेलबाट पेस्तोलसहित एक युवक पक्राउ


असार २५, २०८२


दाङ ।  दाङमा एकजनालाई पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ। दाङको घोराहीमा रहेको एक ट्रेनिङ सेन्टरबाट पेस्तोल सहित एक युवकलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ।

ad

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित लोटस ट्रेनिङ सेन्टरको होस्टलमा अवैध हतियार लुकाएको अबस्था एक युवक पक्राउ परेका हुन । पक्राउ पर्ने युवक सल्यान कपुरकोट गाउँपालिका–३ फलाटे घर भई हाल उक्त ट्रेनिङ सेन्टरमा तालिम लिइरहेका १९ वर्षीय अजय बिक रहेको दाङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असार २४ गते साँझ करिब ६:३० बजे युवकले हतियार लुकाएको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वमा खटिएको टोलीले जाँच गर्दा अजय बिक सुत्ने खाटमुनि लुकाइएको झोलाबाट हतियार फेला पारेको हो।
झोलाभित्र कालो रंगको JORDAN लेखिएको पछाडि भिर्ने झोलाबाट 0.32 पेस्तोल (civil INGSF1902134300.32 Indian Ordnance Factory), त्यसमा लाग्ने ४ राउण्ड गोली, र ७ राउण्ड क्षमताको म्याग्जिन फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

अवैध हतियारसहित युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले बताए ।   हतियार कसरी प्राप्त भयो र किन राखिएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="