body1
after_navbar

प्रमुख प्रशासकीयसहित थबाङका ७ कर्मचारी सम्पर्कविहीन: (पालिकाको विज्ञेप्ती)


असार २५, २०८२


दाङ,२५ असार । रोल्पाको थबाङ गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरू असार २४ गते अर्थात् हिजो बिहानदेखि सम्पर्कविहीन भएका हुन् ।

ad

गाउँपालिकाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा असार २३ गते साँझदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको थियो। असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न आवश्यक OTP कोड लिन प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर रुकुम पूर्व जाने क्रममा कार्यालयबाट निस्किएको जनाइएको छ।

ad

तर उक्त टोली बिहान ७ बजेपछि सम्पर्कविहीन भएको हो। खोजी गर्दा उनीहरू रुकुम पूर्वमा पनि नभेटिएको र सम्पर्क प्रयास गर्दा सबैको मोबाइल फोन बन्द अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ।

ad

सम्पर्कविहीन भएका कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं स्तरका हरिश माझी, सह–लेखापाल यज्ञ प्रसाद कडेल, सव–इन्जिनियर चन्द्र प्रकाश ओली र निशा आचार्य, खा.पा.स.टे शिव कुमार वली र सवारी चालक प्रदिप के.सी. रहेका छन्।

ad

गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले जारी गरेको विज्ञप्तिमा सम्पर्कमा रहन सम्बन्धित कर्मचारीलाई आग्रह गर्दै, उनीहरूका अवस्थाबारे जानकारी भएमा यथाशीघ्र कार्यालयलाई खबर गरिदिन अनुरोध गरिएको छ।

कर्मचारी सम्पर्कविहीन रहँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको गाउँपालिकाले जनाएको छ।

विज्ञप्ति हेर्नुहोस् ;

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="