विरगंज,२६ असार । पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। एक होटलको पौडी पोखरीमा तालिम लिन गएका वीरगञ्ज महानगरपालिका–११, रानीघाटका नौ वर्षका बजरङ्गी रौनियारको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रका अनुसार होटलको तेस्रो तल्लामा रहेको स्वीमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो।
उनले भने, “अस्पतालले बुधबार बेलुकी बालकको मृत्यु भएको जानकारी दिएको छ।”।
घटनापछि प्रशिक्षक र जीवन रक्षकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस