दाङ, २६ असार । दाङमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।
पश्चिमतर्फबाट जादै गरेको लु २९ प ९१०८ नम्बरको मोटरसाइकल र रा.१ त ३६२९ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किँदा राप्ती गाउँपालिका–१ पाखापानीमा उक्त दुर्घटना भएको हो।
दुर्घटना हुदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनापछि घाइतेलाई तत्काल उद्धार गरी भालुवाङस्थित अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले बताएको छ।
दुर्घटनाको कारण र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस