after_navbar

आठदिनपछि तोकियो सुनचाँदीको भाउ: कतिमा हुँदैछ कारोबार ?


असार २७, २०८२



काठमाण्डौ,२७ असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आठ दिनपछि सुनचाँदीको भाउ तोकेको छ । सुनचाँदी व्यवसायीहरू विलासिता करको विरोधमा आन्दोलित भएका कारण असार १९ गतेदेखि सुनको भाउ तोकिएको थिएन ।

हिजो सरकार र सुनचाँदी व्यवसायीबीच सहमति भएपछि आन्दोलन स्थगित भएर आजदेखि पसल खुलेका छन् ।

आज सुनको भाउ तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ तोलाको दुई हजार दुई सय २० रुपैयाँ कायम भएको छ ।

यसअघि असार १९ गते सुनको भाउ तोलाको एक लाख ९२ हजार एक सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदी तोलाको दुई हजार एक सय ७० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="